२०८२ चैत २६ | १:०८ AM
एनएलजी इन्स्योरेन्स र समता घरेलु लघुवित्तको बोनस शेयर वितरण 

एनएलजी इन्स्योरेन्स र समता घरेलु लघुवित्तको बोनस शेयर वितरण 

एनएलजी इन्स्योरेन्सले गत पुस ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट उक्त बोनस शेयर पारित गरेको थियो ।

लगानीबक्स April 6, 2026 8:59 am

काठमाडौं । एनएलजी इन्स्योरेन्स र समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्षको बोनस शेयर वितरण गर्न सुरु गरेका छन् । दुबै कम्पनीहरुले सोमवार सूचना जारी गर्दै बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृतपछि सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा गर्न सुरु गरिएको जानकारी दिएका हुन । एनएलजी इन्स्योरेन्सले ४ प्रतिशत र समता घरेलु लघुवित्तले ५ प्रतिशत बोनस शेयर सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेका हुन।

एनएलजी इन्स्योरेन्सले गत पुस ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट उक्त बोनस शेयर पारित गरेको थियो । पुस २१ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको हितग्राही खातामा बोनस शेयर जम्मा गरिएको जानकारी एनएलजी इन्स्योरेन्सले दिएको हो । पुस २१ गतेसम्म धितोपत्र बन्धक राखी कर्जा लिएका शेयरधनीहरुको हकमा बोनस शेयर समेत कर्जा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाको नाममानै रोक्का राखिएकाले कर्जा राफसाफ भैसकेको भए फुकुवा गर्न समेत कम्पनीले भनेको छ । एनएलजी इन्स्योरेन्सको शेयर रजिष्ट्रारमा आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ। समता घरेलु लघुवित्तले भने पुस ३० गतेनै वार्षिक साधारण सभा सम्पन्न गरेको थियो ।

सो सभाबाट पारित भएको ५ प्रतिशत बोनस शेयर पुस १७ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको हितग्राही खातामा बोनस शेयर जम्मा गरिएको जानकारी कम्पनीले दिएको हो । पुस १७ गतेसम्म शेयर धितो बन्धक राखेका शेयरधनीहरुको हकमा भने सम्बन्धित बैंक तथा वित्तीय संस्थाको नाममा रोक्का जनाई राखिएकाले कर्जा चुक्ता भएको खण्डमा फुकुवा गर्न समेत कम्पनीले भनेको छ। समता घरेलु लघुवित्तको शेयर रजिष्ट्रारमा भने आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।