२०८२ चैत २६ | २:३६ AM
एमालेले गर्यो आन्दोलनको घोषणा

एमालेले गर्यो आन्दोलनको घोषणा

लगानीबक्स April 1, 2026 2:29 am

काठमाडौं । महेश बस्नेत ले आज च्यासल पार्टी सचिवालयमा महत्वपूर्ण बैठक सम्पन्न भएको जानकारी दिएका छन्। नेकपा (एमाले) ले काठमाडौंमा वैशाख १२ गते विशाल जुलुस आयोजना गर्ने घोषणा गरेको छ।

बस्नेतका अनुसार, “जसले जस्तो व्यवहार गर्छ, त्यसलाई त्यस्तै जवाफ दिनेछौं।” भन्दै सरकारलाई चेतावनी दिएका छन । उनले २३ र २४ गते भएको जेन्जी आन्दोलन र त्यसका प्रभावबारे पार्टीको दृष्टिकोण जनतामाझ पुर्‍याउन नदिएको आरोप लगाए।

उनले सामाजिक सञ्जाल र मिडियाको दुरुपयोग भएको दाबी गर्दै भने, “हाम्रो विचारलाई दबाउन गलत तरिकाले प्रचार गरिएको छ।” साथै, २३ र २४ गतेको जेन्जी आन्दोलनलाई ओझेलमा पार्न काठमाडौंमा विशाल मोर्चा निकाल्ने र त्यसैअनुसार अगाडि बढ्ने योजना रहेको उनले बताए।

कार्यक्रमअनुसार:

चैत  २५ गते जिल्ला तहमा विशाल भेला तथा प्रदर्शन

चैत २८ गते सबै पालिकाहरमा विरोध भेला

बैशाख ३ गते वडा तहमा विरोध कार्यक्रम

वैशाख ७ गते प्रदेश राजधानीहरूमा आन्दोलन प्रदर्श

बस्नेतले पार्टीले चरणबद्ध रूपमा आन्दोलनलाई सशक्त बनाउँदै लैजाने स्पष्ट पारे।