काठमाडौँ । कलाकार सागर लम्साल शुक्रबार हाजिर जमानीमा रिहाई भएका छन । काठमाडौं जिल्ला प्रहरी परिसरका एसपी पवन कुमार भट्टराईले जानकारी दिएका छन।
सामाजिक संजालमा बलेलाई अमेरिकामा अध्ययनरत एक युवतीले बलात्कारको आरोप लगाएकी थिइन् ।उनीमाथि उजुरी नपरेपनि अभद्र व्यवहारको कसुरमा गत चैत २१ गते प्रहरीले पक्राउ गरेको थियो । उनलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको थियो ।

