२०८२ चैत २६ | ११:३० PM
नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध चयन

नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध चयन

नेम्वाङले उम्मेदवारी दिए पनि प्रस्तावक र समर्थक नपाउँदा रामबहादुर थापा बादल निर्विरोध निर्वाचित

लगानीबक्स April 1, 2026 5:04 pm

काठमाडौं । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध चयन हुनुभएको छ ।
संसदीय दलको नेताका लागि सांसद सुहाङ नेम्वाङले पनि दाबी गरेपछि चुनावी प्रक्रिया शुरू भएको भए पनि थापाको मात्रै उम्मेदवारी परेपछि उहाँ निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक निरज आचार्यले जानकारी दिनुभयो ।
आचार्यकाअनुसार सुहाङ नेम्वाङले फारम लगे पनि निर्धारित समयमा बुझाउनु भएन ।

राजेन्द्र राई र सङ्खुवासभाका अर्जुन कार्कीले समर्थक र प्रस्तावक बस्ने वचन दिएपछि सुहाङले फारम लानुभएको हो।

तर सुहाङले फारम लगेपछि महासचिव शङ्कर पोखरेलले सांसदहरू राई र कार्कीलाई छलफलका लागि भन्दै लगेपछि सुहाङले प्रस्तावक र समर्थक पाउनुभएन ।
फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य चुनावमा प्रत्यक्षतर्फ उम्मेदवार बनेका अध्यक्ष केपी शर्मा ओलीसहित ११ जना पदाधिकारी पराजित भएका थिए ।

पूर्वपदाधिकारी, पूर्वस्थायी कमिटी सदस्यसमेतले चुनाव जित्न सकेनन् । पूर्वपोलिटब्युरो सदस्य गणेश ठगुन्नाबाहेक धेरैजसो पराजित भएका हुन् ।
रामबहादुर थापा भने समानुपातिक प्रणालीबाट छानिनुभएको हो । थापा माओवादी पृष्ठभूमिका हुनुहुन्छ ।