२०८२ चैत २८ | ३:३३ PM
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले संस्थापक शेयर स्वामित्व घटाउने

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले संस्थापक शेयर स्वामित्व घटाउने

कम्पनीको हाल संस्थापक तर्फ ८४ दशमलव ६७ प्रतिशत र सर्वसाधारणतर्फ १५ दशमलव ३३ प्रतिशत शेयर स्वामित्व छ ।

लगानीबक्स २०८२ चैत २७ 11:43 am

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले संस्थापक तर्फको शेयर स्वामित्व घटाउने भएको छ । कम्पनीको हाल संस्थापक तर्फ ८४ दशमलव ६७ प्रतिशत र सर्वसाधारणतर्फ १५ दशमलव ३३ प्रतिशत शेयर स्वामित्व छ । बीमकको संस्थापक शेयर कारोबार सम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम कम्पनीले संस्थापकको शेयर स्वामित्व ५१ प्रतिशत कायम गरि बाँकी शेयर सर्वसाधारणमा परिणत गर्न सकिने व्यवस्था छ । सोही व्यवस्था बमोजिम कम्पनीले संस्थापक तर्फ ७६ दशमलव २० प्रतिशत र सर्वसाधारणतर्फ २३ दशमलव ८० प्रतिशत कायम गर्न लागिएको हो ।

कम्पनीले शेयर संरचना परिवर्तनका लागि नियामक निकाय नेपाल बीमा प्राधिकरणबाट पनि स्वीकृति लिइसकेको छ ।यदि कुनै संस्थापक शेयरधनीहरुले आफ्नो स्वामित्वको शेयर सर्वसाधारण समूहमा परिवर्तन गर्न नचाहने भए सात दिनभित्र लिखित निवेदन दिन कम्पनीले भनेको छ  ।कम्पनीको प्रधान कार्यालय कमलादी, काठमाडौंमा निवेदन पेश गर्नुपर्नेछ । कम्पनीले संस्थापक तर्फको १० प्रशित शेयर सर्वसाधारणमा परिणत गर्न लागेको हो ।