२०८२ चैत २६ | ११:३० PM
फिल्म एक्का तिनको छायांकन सुरु,पुष्प फाइनल

फिल्म एक्का तिनको छायांकन सुरु,पुष्प फाइनल

लगानीबक्स April 8, 2026 7:20 am

काठमाडौं।आउँदो वर्षको जेठ महिनाबाट फिल्म ‘एक्का तीन’को छायांकन सुरु हुने भएको छ । फिल्मका निर्देशक रुपेश तामाङले धमाधम कलाकार फाइनल गर्दै अघि बढेको र प्रि–प्रोडक्सनको तयारी अन्तिममा पुगेको बताएका छन्।यो फिल्ममा नायिका पूजा शर्मा फाइनल भइसकेकी छिन् । अब, फिल्ममा नायक पुष्प खड्काको पनि प्रवेश भएको छ ।पुष्पसँग कागजी संझौता गर्दै निर्माण टिमले लाइनअप बलियो बनाइरहेको छ।

यो फिल्मलाई एक्सन जनरामा निर्माण गर्ने तयारी रुपेशको छ।फिल्ममा पुष्पको भूमिका के हुन्छ भन्ने खुलाइएको छैन । निर्माणपक्षले दिएको जानकारी अनुसार, फिल्मबाट एक–एक जना नव–नायक र नव–नायिकालाई भित्राउने तयारी पनि गरिएको छ।

सुमन गजमेरले यो फिल्मको कथा लेखेका हुन् । फिल्मलाई जुना फिल्मस् र अधिरा फिल्मस्ले निर्माण गर्दैछन्। पुष्प र पूजाले फिल्म ‘३६ को आँकडा’मा पनि पर्दा शेयर गरेका छन्। केही म्युजिक भिडियोमा काम गरेका यी दुइलाई दर्शकले ठूलो पर्दामा प्रतिक्षा गरिरहेका छन् ।