२०८२ चैत २६ | २:३८ AM
संयुक्त राज्य अमेरिका र इरानले दुई साताका लागि युद्धविराम 

संयुक्त राज्य अमेरिका र इरानले दुई साताका लागि युद्धविराम 

एजेन्सी April 8, 2026 1:36 am

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले “सम्पूर्ण सभ्यता नष्ट हुने”गरि  चेतावनीसहित दिएको समयसीमा सकिन केही बेरअघि युद्धविरामको सहमति भएको हो।

संयुक्त राज्य अमेरिका र इरानले दुई साताका लागि युद्धविराम गर्ने घोषणा गरेका छन्। ट्रम्पले स्ट्रेट अफ होर्मुज खोल्न दिएको समयसीमा सकिनुभन्दा १० मिनेट अगाडी वार्ताको मध्यस्थता गरेका प्रधानमन्त्री शहबाज शरीफ युद्धविराम “तत्कालै लागु हुने” बताएका थिए।

उक्त समयसीमा नेपाली समय अनुसार बुधवार बिहान ५:४५ मा सकिँदै थियो। पाकिस्तानी प्रधानमन्त्रीले इरान युद्धको समाधानका लागि भन्दै एप्रिल १०मा इस्लामाबादमा दुवै पक्षका प्रतिनिधिमण्डललाई आमन्त्रण पनि गरेका छन्।

इरानी विदेशमन्त्री अब्बास अराग्चीले इरानी सशस्त्र फौजको समन्वयमा स्ट्रेट अफ होर्मुजबाट सुरक्षित आवतजावत सुनिश्चित गरिने बताएका छन्। युद्धमा सामेल भएको इजरेलले पनि युद्धविराम सहमति पालना गर्ने विवरण आएको छ।।