काठमाडौं । केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक आज रिहा हुने भएका छन्। सर्वोच्च अदालत को परमादेशअनुसार प्रहरीले उनीहरूलाई रिहा गर्ने तयारी गरेको हो।
प्रहरी स्रोतका अनुसार सरकारी वकिलको सहमतिमा आवश्यक परेको समयमा उपस्थित हुने सर्तसहित रिहा प्रक्रिया अघि बढाइएको छ। अदालतको आदेशपछि अब उनीहरू रिहा हुने प्रक्रिया अन्तिम चरणमा पुगेको प्रहरीले जनाएको छ।
गत भदौ २३ र २४ गतेको घटनाबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की आयोग ले फौजदारी मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेपछि दुवै जनालाई चैत १४ गते पक्राउ गरिएको थियो।

