सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेत र यातायात व्यवसायी र समितिबीच यातायात व्यवस्थापनमा सुधार गर्न भएको छ । उक्त सहमतिसँगै सार्वजनिक सवारी सञ्चालनमा कडाइ गरिने भएको छ।
जिल्ला प्रशासन कार्यालय सुर्खेत र यातायात समितबिच भएका सहमति :
१. सार्वजनिक स्थानमा जथाभावी पार्किङ गर्न नपाइने।
२. यात्रुले तोकिएका काउन्टरबाट मात्र टिकट लिनुपर्ने।
३. बसपार्क बाहिरबाट यात्रु चढाउन नपाइने।
४. बसपार्कबाटै तोकिएको गन्तव्यतर्फ प्रस्थान गर्नुपर्ने।
५. तोकिएको भाडादरअनुसार मात्र भाडा लिनुपर्ने।
६. अनिवार्य रूपमा टिकट जारी गर्नुपर्ने।
७. सिट क्षमताभन्दा बढी यात्रु बोक्न नपाइने।
८. अनुमति प्राप्त सिटमा कुनै किसिमको हेरफेर गर्न नपाइने।
९. दर्ता भएको प्रयोजनअनुसार मात्र सवारी साधन सञ्चालन गर्नुपर्ने।


