काठमाडौं । नेपाली सेनाले नुवाकोट र रसुवाको सिमानामा पर्ने बेत्रावतीस्थित फलाकु खोलामा ४० टन भारवहन क्षमताको ‘एक्रो ब्रिज’ जडान कार्य सफलतापूर्वक सम्पन्न गरेको छ।
पुल निर्माण भएसँगै नुवाकोट तथा रसुवा आसपासका क्षेत्रका बासिन्दालाई आवतजावतमा ठूलो राहत पुग्नेछ। साथै, बाढी तथा पहिरो प्रभावित क्षेत्रमा राहत तथा अत्यावश्यक सामग्रीको ढुवानी सहज र द्रुत रूपमा गर्न मद्दत पुग्ने नेपाली सेनाले जनाएको छ।
अविरल वर्षाका कारण आएको बाढीले संरचनामा क्षति पुर्याएपछि यातायात सेवा अवरुद्ध हुँदै आएकोमा सेनाले तदारुकताका साथ उक्त नयाँ एक्रो ब्रिज जडान गरी सञ्चालनमा ल्याएको हो।
