सोमबार, २६ असोज २०८३ | ३:१३ PM
सुपरमाई हाइड्रोपावरलाई आयोगबाट ९२.५२ प्रतिशत हकप्रद निष्कासन पूर्व स्वीकृति प्रदान

सुपरमाई हाइड्रोपावरलाई आयोगबाट ९२.५२ प्रतिशत हकप्रद निष्कासन पूर्व स्वीकृति प्रदान

लगानीबक्स सम्वाददाता २६ असोज २०८३ १:४० अपराह्न

काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडले हकप्रद शेयर निष्कासनका लागि विद्युत नियमन आयोगबाट पूर्व स्वीकृति प्राप्त गरेको छ । जलविद्युत कम्पनीहरुले हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिनु अघि आयोगको पूर्वस्वीकृति प्राप्त गर्नुपर्ने हुन्छ । सोही व्यवस्थाका लागि कम्पनीले आयोगसँग शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्न पूर्व स्वीकृति मागेको थियो ।

आयोगले भने असोज २३ गते कम्पनीले मागभन्दा कम हकप्रद शेयर निष्कासनका लागि पूर्व स्वीकृति प्रदान गरेको छ ।
कम्पनीले हाल कायम चुक्तापूँजी ६४ करोड २० लाख रुपैयाँको आधारमा ९२ दशमलव ५२ प्रतिशत हकप्रद शेयर निष्कासन गर्न आयोगको स्वीकृति पाएको हो । प्रतिशेयर १०० रुपैयाँका ५९ लाख ४० हजार कित्ता हकप्रद शेयर निष्कासनका लागि अब भने कम्पनीले बोर्डमा निवेदन पेश गर्न सक्नेछ ।