मंगलबार, २७ असोज २०८३ | २:०१ PM
बरुण हाइड्रोपावरले ५ प्रतिशत लाभांश वितरण गर्ने शतप्रतिशत हकप्रद शेयर…

बरुण हाइड्रोपावरले ५ प्रतिशत लाभांश वितरण गर्ने शतप्रतिशत हकप्रद शेयर निष्कासनको समेत प्रस्ताव

लगानीबक्स सम्वाददाता २७ असोज २०८३ १२:३२ अपराह्न

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले ५ प्रतिशत लाभांश र शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव सहित वार्षिक साधारण सभा बोलाएको छ । असोज २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कात्तिक २० गते स्मार्ट दरबार, शंखपार्क, काठमाडौंमा विहान ९ः३० बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०८२।८३ को मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ४ दशमलव ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २५ प्रतिशत नगद लाभांश पारित गर्नेछ । ४ दशमलव ७५ प्रतिशत बोनस शेयर वितरणपछि कायम हुने चुक्तापूँजीको आधारमा शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ । हाल कम्पनीके चुक्तापूँजी १ अर्ब १२ करोड २५ लाख ३२ हजार रुपैयाँ छ ।

सोही पूँजीको आधारमा ४ दशमलव ७५ प्रतिशत बोनस शेयरपछि कम्पनीको चुक्तापूँजी १ अर्ब १७ करोड ५८ लाख ५२ हजार रुपैयाँको आधारमा सोही रकम बराबरको हकप्रद शेयर निष्कासन गर्ने तयारी कम्पनीले गरेको हो ।

उल्लेखित प्रस्तावहरुसँगै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्दै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुत्ती र निजको पारिश्रमिक निर्धारणको विषय पनि टुङ्ग्याउनेछ । सभा प्रयोजनका लागि कम्पनीले कात्तिक ११ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा कात्तिक १० गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।