काठमाडौैं । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडको कुल १ करोड ६७ लाख ६२ हजार ८४० कित्ता शेयरको लकइन आगामी मंसिर ४ गतेपछि सकिने भएको छ । कम्पनीको संस्थापक तर्फको १ करोड ५३ लाख , आयोजना प्रभावित स्थानीयतर्फको १४ लाख २४ हजार ५६० कित्ता र कर्मचारीतर्फको ३८ हजार २५० कित्ता शेयर तीन वर्ष लकइन अवधि समाप्त गरी कारोबारमा आउन लागेका हुन । मंसिर ४ गतेपछि सम्बन्धित शेयरधनीहरुले आफ्नो शेयर कारोबार गर्न सक्नेछन् । संस्थापक शेयरधनीहरुमध्ये सञ्चालक रहेका व्यक्ति तथा कम्पनीको उच्च व्यवस्थापकीय तहमा कार्यरत कर्मचारीहरुको शेयर भने रोक्कानै रहनेछ ।
यस कम्पनीले सर्वसाधारण लगानीकर्तामा २०८० साल मंसिर ५ गते आईपीओ बाँडफाँट गरेको थियो । कुल १ करोड ९१ लाख २५ हजार कित्ता शेयरमध्ये संस्थापक तर्फ ८० प्रतिशत र सर्वसाधारणतर्फ २० प्रतिशत स्वामित्व छ ।
