काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनीले प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत आर्थिक वर्ष ०८२।८३ को लागि कर समेत ३ दशमलव ६८४२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश पारितका लागि कम्पनीले मंसिर ३ गते वार्षिक साधारण सभा बोलाएको छ । दियालो फुडल्याण्ड, बुटवलमा विहान ९ बजे सभा गर्ने निर्णय गरेको हो । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ९१ करोड २५ लाख रुपैयाँ छ ।
सोही पूँजीका आधारमा कम्पनीले नगद लाभांश वितरण गर्न लागेको हो । लाभांश प्रस्तावसँगै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय सभाले टुङ्ग्याउनेछ । सभा प्रयोजनका लागि कम्पनीले कात्तिक १६ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा कात्तिक १३ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन् ।
