Ad
आइतबार, १३ मंसिर २०८३ | ३:३२ PM
सानिमा बैंकका दुई कर्मचारी उच्च व्यवस्थापकीय पदमा बढुवा

सानिमा बैंकका दुई कर्मचारी उच्च व्यवस्थापकीय पदमा बढुवा

लगानीबक्स सम्वाददाता १३ मंसिर २०८३ २:४६ अपराह्न

काठमाडौं । सानिमा बैंक लिमिटेडले आफ्ना दुई वरिष्ठ कर्मचारीलाई उच्च व्यवस्थापकीय पदमा बढुवा गरेको छ।
बैंक सञ्चालक समितिको बैठकले सहायक प्रमुख कार्यकारी अधिकृत सर्जुकुमार थापालाई नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) र सहायक महाप्रबन्धक नीरज ढकाललाई सहायक प्रमुख कार्यकारी अधिकृत (एसीईओ) पदमा बढुवा गर्ने निर्णय गरेको हो।

बैंकिङ क्षेत्रमा २५ वर्षभन्दा बढी अनुभव हासिल गरेका दुवै कर्मचारी लामो समयदेखि सानिमा बैंकसँग आबद्ध छन्। थापा बैंक स्थापनाकालदेखि कार्यरत रहे पनि बीचमा करिब १० वर्ष माछापुच्छ्रे बैंकमा सेवा गरेका थिए। उनी पछिल्लो दुई वर्षदेखि पुनः सानिमा बैंकमा आबद्ध छन्।

त्यस्तै, ढकाल पनि बैंक स्थापनाकालदेखि नै सानिमा बैंकमा कार्यरत छन्। दुवैको बढुवाले बैंकको व्यवस्थापकीय नेतृत्व थप सुदृढ हुने अपेक्षा गरिएको छ।