काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलवार ६ कम्पनीहरुको बोनस शेयर सूचीकृत भएको छ । अरुण भ्याली हाइड्रोपावरको ५ प्रतिशत, महालक्ष्मी विकास बैंकको ५ प्रतिशत, महुली लघुवित्तको ४ दशमलव ७५ प्रतिशत, प्राइम कमर्सियल बैंकको ८ प्रतिशत , सांग्रिला डेभलपमेन्ट बैंकको ५ प्रतिशत र समता घरेलु लघुवित्तको ५ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।
नेप्सेका अनुसार अरुण भ्याली हाइड्रोको १९ लाख २४ हजार १ कित्ता, महालक्ष्मी विकास बैंकको २१ लाख ४८ हजार २२९ दशमलव ०७९० कित्ता, महुली लघुवित्तको १ लाख ७५ हजार ७१३ दशमलव ६६ कित्ता, महालक्ष्मी विकास बैंकको १ करोड ५५ लाख २२ हजार ६० दशमलव ५७ कित्ता र समता घरेलु लघुवित्तको ३ लाख १४ हजार ५२५ दशमलव ७८२३ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । बुधवारदेखि कारोबारयोग्य हुने यी शेयर सम्बन्धित शेयरधनीहरुले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् ।

