२०८३ जेठ ११ | १:२२ PM
सोपान फर्मास्युटिकल्सको आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँट

सोपान फर्मास्युटिकल्सको आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँट

लगानीबक्स २०८२ चैत १७ ३:३७ अपराह्न

काठमाडौं । सोपान फर्मास्युटिकल्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीमा निष्कासन गरेको आईपीओ बाँडफाँट गरेको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि चैत ९ गतेदेखि १२ गतेसम्म ४ लाख २९ हजार कित्ता आईपीओ निष्कासन गरि चैत १७ गते आईपीओ बाँडफाँट गरेको हो ।

तोकिएको अवधिभित्र ८२ हजार ९७९ जना वैदेशिक रोजगारीमा रहेका नेपालीहरुबाट ११ लाख ६७ हजार ३९० कित्ता शेयर खरीद माग भएको जानकारी कम्पनीले दिएको छ। यीमध्ये ८२ हजार ९५१ जना आवेदकहरुबाट प्राप्त ११ लाख ६७ हजार ७० कित्ताको खरीद आवेदन मात्र रितपूर्वक भएको छ ।

रितपूर्वक आवेदन दिएका आवेदकहरुमध्ये ४२ हजार ९०० जना आवेदकहरुमा गोलाप्रथाको माध्यमबाट १० कित्ताका दरले आईपीओ बाँडफाँट भएको हो ।