२०८३ जेठ ११ | २:११ PM
सोपान फर्मास्यूटिकल्सको आईपीओ आजदेखि खुला

सोपान फर्मास्यूटिकल्सको आईपीओ आजदेखि खुला

लगानीबक्स २०८३ वैशाख ३ ९:५४ पूर्वाह्न

काठमाडौं। सोपान फर्मास्यूटिकल्स कम्पनीले सर्वसाधारणका लागि आजदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गरेको छ।

कम्पनीले जारी पुँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँको २५ प्रतिशत बराबर ४२ लाख ९० हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको छ। यसअन्तर्गत वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषका लागि छुट्याइएको सेयर बाँडफाँट गरिसकेको छ।

दोस्रो चरणअन्तर्गत कम्पनीले ३४ लाख ७४ हजार ९०० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो, जसको कुल मूल्य ३४ करोड ७४ लाख ९० हजार रुपैयाँ रहेको छ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ११ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। उक्त आईपीओमा वैशाख ६ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

आईपीओको बिक्री प्रबन्धकमा NMB Capital रहेको छ। इच्छुक लगानीकर्ताले ‘मेरो सेयर’ प्रणालीमार्फत सी–आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन्।