२०८३ जेठ ११ | २:१० PM
युनाईटेड मोदी हाइड्रोपावरको ७.३७ प्रतिशत लाभांश वैशाख ३ गतेसम्मका शेयरधनीहरुले…

युनाईटेड मोदी हाइड्रोपावरको ७.३७ प्रतिशत लाभांश वैशाख ३ गतेसम्मका शेयरधनीहरुले मात्र पाउने 

लगानीबक्स २०८३ वैशाख ३ ११:५५ पूर्वाह्न

काठमाडौं । युनाईटेड मोदी हाइड्रोपावर लिमिटेडको प्रस्तावित कुल ७ दशमलव ३७ प्रतिशत लाभांश वैशाख ३ गतेसम्म कायम शेयरधनीहरुले मात्र पाउनेछन् । कम्पनीले गत आर्थिक वर्ष ०८१/८२ को लागि हाल कायम चुक्तापूँजी १ अर्ब २३ करोड ५ लाख रुपैयाँको आधारमा ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

प्रस्तावित उक्त लाभांश सहित अन्य विविध प्रस्ताव पारितका लागि कम्पनीले वैशाख ४ गते एक दिन बुक क्लोज गर्दैछ । बुक क्लोजको आधारमा वैशाख ३ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।