२०८३ जेठ ११ | ८:२५ PM
सरकारको सिफारिसमा संसद् अधिवेशन स्थगन, राष्ट्रपति पौडेलद्वारा स्वीकृत

सरकारको सिफारिसमा संसद् अधिवेशन स्थगन, राष्ट्रपति पौडेलद्वारा स्वीकृत

लगानीबक्स २०८३ वैशाख १० ९:१२ अपराह्न

काठमाडौं । सरकारले संसद् अधिवेशन स्थगन गर्न राष्ट्रपति कार्यालयमा सिफारिस गरेपछि अधिवेशन स्थगन गरिएको छ ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार सिफारिस पत्र शीतलनिवास पठाइएको थियो।

राम चन्द्र पौडेलले सरकारको सिफारिसअनुसार संसद् अधिवेशन स्थगन गर्ने निर्णय गरेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ। प्राप्त सिफारिसअनुसार नै औपचारिक निर्णय भएको जनाइएको छ।

मन्त्रिपरिषद्बाट पारित प्रस्तावअनुसार पठाइएको सिफारिस पत्रका आधारमा अधिवेशन स्थगन गरिएको हो। अधिवेशन स्थगनको कारण र आगामी बैठक सम्बन्धी थप विवरण भने सार्वजनिक हुन बाँकी रहेको छ।