२०८३ जेठ ११ | ८:२५ PM
वैशाख १२ गते बिहानैदेखि थापाथली सुकुम्बासी बस्ती खाली गराउन प्रधानमन्त्रीको…

वैशाख १२ गते बिहानैदेखि थापाथली सुकुम्बासी बस्ती खाली गराउन प्रधानमन्त्रीको निर्देशन

लगानीबक्स २०८३ वैशाख १० ११:०८ अपराह्न

काठमाडौँ ।   वैशाख १२ गते बिहान ६ बजेदेखि बस्ती खाली गराइने भन्दै थापाथली सुकुम्बासी बस्ती नजिकै महानगर प्रहरीले माइकिङ गरेको छ।

विहिबार साँझ नेपाल प्रहरी र सशस्त्र प्रहरीको भ्यानसहित महानगर प्रहरीले थापाथलीका सुकुम्बासी बस्ती नजिक पुगेर वस्ती खाली गर्न माइकिङ गरेको हो। प्रधानमन्त्री बालेन्द्र शाहले दिएको निर्देशनका आधारमा

सुकुम्बासी वस्ती खाली गर्न लागिएको हो। यसअघि आइजीपी दानबहादुर कार्कीलाई सिंहदरबार बोलाएर शनिवारदेखि वस्ती खाली गराउन निर्देशन दिइएको थियो ।