२०८३ जेठ ११ | २:१० PM
एपोलो हाइड्रोपावरको आईपीओ बाँडफाँट 

एपोलो हाइड्रोपावरको आईपीओ बाँडफाँट 

४ लाख ७० हजार कित्ता आयोजना प्रभावित स्थानीय र ९४ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बाँडफाँट गरेको हो ।

लगानीबक्स २०८३ वैशाख ११ ११:१२ पूर्वाह्न

काठमाडौं । एपोलो हाइड्रोपावर लिमिटेडले थप सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओ शुक्रवार बाँडफाँट गरेकोे छ । विक्री प्रबन्धक हिमालयन क्यापिटलले मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाको माध्यमबाट आईपीओ बाँडफाँट गरेको हो । क्यापिटलका अनुसार रितपूर्वक आवेदन दिएका २७ लाख २७ हजार ११७ जना आवेदकहरुमध्ये ७८ हजार २० जना आवेदकहरुमा १० कित्ताका दरले आईपीओ बाँडफाँट गरिएको हो । यस कम्पनीको आईपीओ खरीदका लागि कुल २७ लाख ७१ हजार १८ जनाको आवेदन परेको विक्री प्रबन्धकको भाई छ। ४३ हजार ९०१ जनाको आवेदन भने रद्ध भएको छ ।

कम्पनीले थप सर्वसाधारण लगानीकर्ताका लागि चैत २६ गतेदेखि वैशाख २ गतेसम्म ७ लाख ८० हजार २०० कित्ता आईपीओ निष्कासन गरेको थियो । थप सर्वसाधारणमा आईपीओ निष्कासन गर्नुअघि कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन तथा बाँडफाँट गरिसकेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयमा फागुन ११ गतेदेखि चैत १ गतेसम्म र वैदेशिक रोजगारीमा रहेका नेपालीमा फागुन ११ गतेदेखि १४ गतेसम्म आईपीओ निष्कासन गरि चैत १२ गते बाँडफाँट गरेको हो ।

कम्पनीले जारी पूँजी ५७ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् १४ करोड १० लाख रुपैयाँ बराबरको १४ लाख १० हजार कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसमध्ये ४ लाख ७० हजार कित्ता आयोजना प्रभावित स्थानीय र ९४ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बाँडफाँट गरेको हो । यी बाहेक पनि कम्पनीले सामूहिक लगानी कोषहरूमा ३७ हजार कित्ता र कम्पनीका कर्मचारीहरूका लागि १८ हजार ८०० कित्ता आईपीओ समेत बाँडफाँट गरेको छ । 

यस कम्पनीले सोलुखुम्बु जिल्लामा ६ मेगावाट क्षमताको बुकु खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजना निर्माणको कुल अनुमानित लागत १ अर्ब ३७ करोड २० लाख ३९ हजार रुपैयाँ छ भने प्रतिमेगावाट अनुमानित लागत २२ करोड ८६ लाख ७३ हजार रुपैयाँ छ ।