२०८३ जेठ ११ | २:११ PM
रावा इनर्जि डेभलपमेन्टको २० लाख ६२ हजारभन्दा बढी कित्ता शेयरका…

रावा इनर्जि डेभलपमेन्टको २० लाख ६२ हजारभन्दा बढी कित्ता शेयरका लकइन सकिदैं 

कम्पनीको संस्थापक तर्फको १९ लाख ६० हजार कित्ता, कर्मचारीतर्फको १५ हजार ४७ कित्ता र आयोजना प्रभावित स्थानीयको ८७ हजार ६७० कित्ता शेयरको लकइन आगामी जेठ २९ गतेपछि सकिने भएको हो ।

लगानीबक्स २०८३ वैशाख १६ १:५६ अपराह्न

काठमाडौं । रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको कुल २० लाख ६२ हजार ७१७ कित्ता शेयरको लकइन आगामी जेठ २९ गतेपछि सकिने भएको छ । कम्पनीको संस्थापक तर्फको १९ लाख ६० हजार कित्ता, कर्मचारीतर्फको १५ हजार ४७ कित्ता र आयोजना प्रभावित स्थानीयको ८७ हजार ६७० कित्ता शेयरको लकइन आगामी जेठ २९ गतेपछि सकिने भएको हो ।

यी शेयर सर्वसाधारण शेयरधनीहरुमा आईपीओ बाँडफाँट भएको मितिले तीन वर्षसम्मका लागि लकइनमा रहेको थियो । यस कम्पनीले सर्वसाधारण लगानीकर्तामा २०८० साल जेठ १८ गतेदेखि २२ गतेसम्म आईपीओ निष्कासन गरि जेठ ३० गते बाँडफाँट गरेको थियो । आगामी जेठ २९ गतेपछि कारोबारयोग्य हुने यी शेयर सम्बन्धित शेयरधनीहरुले कारोबार गर्न सक्नेछन् ।