२०८३ जेठ ११ | १:१८ PM
मैलुङ खोला जलविद्युतले हकप्रद निष्कासनका लागि नियुक्त गर्‍यो  विक्री प्रबन्धक 

मैलुङ खोला जलविद्युतले हकप्रद निष्कासनका लागि नियुक्त गर्‍यो  विक्री प्रबन्धक 

लगानीबक्स २०८३ वैशाख २२ १२:३२ अपराह्न

काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले ७० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रयोजनका लागि विक्री प्रबन्धक नियुक्त गर्ने कार्य सम्पन्न गरेको छ । कम्पनीले मुक्तिनाथ क्यापिटल लिमिटेडलाई विक्री प्रबन्धकमा नियुक्त गरेको हो ।

गत पुस ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकल हाल कायम चुक्तापूँजी ३७ करोड ६३ लाख १९ हजार ८०० रुपैयाँको आधारमा ७० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको थियो । उक्त निर्णय अनुसार गत पुस २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गरिसकेको छ ।

कम्पनीले आफ्नो व्यवसायिक कारोबार सञ्चालन गर्ने क्रममा विभिन्न बैंकबाट लिएको ऋण बुझाउन बाँकी रहेकाले ऋण भुक्तानीका लागि हकप्रद शेयर जारी गर्ने तयारी गरेको हो । विक्री प्रबन्धक नियुक्तीपछि अब नेपाल धितोपत्र बोर्डमा आवेदन दिने प्रक्रिया अघि बढाईने जानकारी कम्पनीले दिएको छ ।