२०८३ जेठ ११ | ९:४० PM
उद्योग बाणिज्य महासंघको वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ विजयी शिव घिमिरे…

उद्योग बाणिज्य महासंघको वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ विजयी शिव घिमिरे ३ मतले पराजित

लगानीबक्स २०८३ वैशाख २३ ८:४८ पूर्वाह्न

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घ (FNCCI) को वस्तुगत उपाध्यक्ष पदमा नरेशलाल श्रेष्ठ विजयी भएका छन् ।

मङ्गलबार सम्पन्न भएको ५७औँ वार्षिक साधारण सभा अन्तर्गत भएको निर्वाचनको मतगणनाअनुसार श्रेष्ठ उपाध्यक्षमा निर्वाचित भएका हुन् । श्रेष्ठ हेमराज ढकाल समूहका हुन् ।

श्रेष्ठले आफ्ना निकटतम प्रतिद्वन्द्वी शिवप्रसाद घिमिरेलाई तीन मतान्तरले पराजित गरेका हुन् । श्रेष्ठले ६३ मत ल्याउँदा उनका निकटतम प्रतिद्धन्द्धी शिवप्रसाद घिमिरेले ६० मत ल्याएका थिए ।