२०८३ जेठ ११ | १:१३ PM
सर्वोत्तम पेन्ट्स ईण्डष्ट्रिजको आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीमा छिटो अवधिमै…

सर्वोत्तम पेन्ट्स ईण्डष्ट्रिजको आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीमा छिटो अवधिमै विक्री बन्द 

लगानीबक्स २०८३ वैशाख २४ ११:११ पूर्वाह्न

काठमाडौं । सर्वोत्तम पेन्ट्स ईण्डष्ट्रिज लिमिटेडले वैशाख २१ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीमा निष्कासन गरेको आईपीओ छिटो अवभित्र विक्री भएको छ । कम्पनीले आफ्नो जारी पूँजी ३४ करोड रुपैयाँको २५ प्रतिशतले हुन आउने ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो । यीमध्ये पहिलो चरणमा १० प्रतिशत आरक्षित शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेकोमा मागभन्दा बढी आवेदन परिसकेकाले वैशाख २४ गतेसमम मात्र निष्कासन गर्न लागेको हो । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ८५ लाख रुपैयाँ बराबरको ८५ हजार कित्ता आईपीओ कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको हो । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

यो कम्पनी पेन्ट उत्पादन कम्पनी हो । कम्पनीले वाहिरी तथा भित्रि वालका इमल्सन तथा इनामेल पेन्टहरु बजारमा विक्री वितरण गर्दै आएको छ । कैलाली जिल्लामा उद्योग सञ्चालनमा रहेको कम्पनीले दैनिक १४ दशमलव ३ मेट्रिक टक पेन्ट उत्पादन गर्दै आएको छ । गत आर्थिक वर्ष ०८१/८२ को वास्तविक वित्तीय विवरण अनुसार कम्पनी २ करोड ५९ लाख रुपैयाँभन्दा बढी सञ्चित नाफामा रहेको छ । सो अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ५८ पैसा र प्रतिशेयर नेटवर्थ ११० रुपैयाँ १७ पैसा छ ।