२०८३ जेठ ११ | २:११ PM
जिम्मेवारी ग्रहणपछि अन्जन श्रेष्ठ बोले :‘निजी क्षेत्रलाई ढुक्क भएर लगानी…

जिम्मेवारी ग्रहणपछि अन्जन श्रेष्ठ बोले :‘निजी क्षेत्रलाई ढुक्क भएर लगानी गर्ने वातावरण चाहिन्छ’

लगानीबक्स २०८३ वैशाख २४ ३:४० अपराह्न

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले पद बहाली गरेका छन् । आज बिहीबार उनले पद बहाली गरेका हुन् । उनले जिम्मेवारी सम्हाल्दै उनले जनताको क्रय शक्ति उकास्न सरकारले भुमिका खेल्नुपर्ने बताए । उनले अहिले बजारमा मागको कति रहेको, जनतामा क्रय शक्ति कम रहेको उल्लेख गर्दै क्रय शक्ति बढाउने विषयमा सरकारले ध्यान दिनुपर्ने, पूँजी परिचालन गर्नु पर्ने बताएका हुन्।

यस्तै, बैंकमा पर्याप्त तरलता रहेको अवस्थामा साना तथा मझौला व्यवसायीलाई भने लगानीका लागि पूँजीको अभाव रहेको उनले बताए । यस विषयको समाधान गर्नका लागि सरकारले पहल गर्नुपर्ने पनि उनले बताए । उनले वर्तमान सरकारले अध्यादेशमार्फत धेरै ऐनहरु संशोधन गरेको विषयलाई प्रशंसा गरेका छन् । सरकारले अध्यादेशमार्फत लगानी मैत्री वातावरण बनाएको उनको ठम्याई छ । तर, गरेको लगानीको सुरक्षाको विषयमा भने उनले शंका व्यक्त गरेका छन् ।

जेनजी आन्दोलनमा निजी क्षेत्रको अरबौको सम्पत्ति ध्वस्त भएको थियो । त्यसलाई नै ईगिंत गर्दै उनले लगानीको सुरक्षा गर्न सरकारलाई अपिल गरेका हुन् । उनले भने, ‘सरकारले निजी क्षेत्रको सुरक्षाको प्रत्याभूति  दिने पर्यो, निजी क्षेत्रको मनोबल उकास्नु पर्यो ।’