काठमाडौं । नेपाल भलिबल संघको वार्षिक कार्यक्रम २०८३ जेष्ठ ०८ देखि १५ गतेसम्म ९२०२६ मे २२(२९ तारिखसम्म) काठमाडौमा हुने भएको छ ।
यस प्रतियोगितामा सेन्ट्रल एसियाका ईरान, किर्गिस्तान, भारत, श्रीलंका, बङ्गलादेश, मालदिभ्स, कजाकिस्तान र आयोजक नेपाल गरिब राष्ट्रको सहभागिता सुनिश्चित भैसकेको आयोजकले पत्रकार सम्मेलनमार्फत जनाएकोछ ।
यो प्रतियोगिता FIVB World Ranking समेत भएकाले, यस प्रतियोगिताबाट नेपालले उत्कृष्ट नतिजा ल्याउन सकेको खण्डमा राष्ट्रिय महिला भलिवल टिम धेरै माथि जाने आयोजकले आशा लिएकोछ ।
यस प्रतियोगिताको लगभग सम्पूर्ण तयारीहरु पूरा भै सकेको आयोजकको भनाईछ । यस प्रतियोगिताको लागि रु।२ करोड ५० लाख लाग्ने अनुमान गरिएको छ।
यो प्रतियोगिता सम्पन्न गर्नको लागि नेपाल सरकारबाट रु एक करोड र काठमाडौं महानगरपालिकाबाट रु लिस लाख बजेट व्यवस्थापन गरिदिएकोमा नेपाल भलिबल संघ परिवारप्रति हार्दिक आभार व्यक्त समेत गरेकोछ ।

