२०८३ जेठ ११ | १:१३ PM
टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ खरीद गर्ने आज अन्तिम दिन 

टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ खरीद गर्ने आज अन्तिम दिन 

लगानीबक्स २०८३ वैशाख २८ ११:०३ पूर्वाह्न

काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले वैशाख २३ गतेदेखि निष्कासन गरेको आईपीओ खरीद गर्ने आज अन्तिम दिन रहेको छ । मागभन्दा बढी आवेदन परिसकेकाले छिटो अवधि वैशाख २८ गतेसम्म मात्र कम्पनीको आईपीओ निष्कासन गर्न लागिएको हो ।

कम्पनीले दोस्रो चरणमा थप सर्वसाधारणका लागि २५ लाख १५ हजार ४५५ कित्ता आईपीओ निष्कासन गरेको हो । कम्पनीले सर्वसाधारण लगानीकर्तामा आफ्नो जारी पूँजी १ अर्ब २० करोड रुपैयाँको ३५ दशमलव २६ प्रतिशतले हुन आउने ४२ लाख ३० हजार ६६८ कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको थियो । यसअघि कम्पनीले १२ लाख कित्ता भोजपुर जिल्लाका स्थानीय बासिन्दाहरूका लागि, ३ लाख ३ हजार ६७ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि, १ लाख ५१ हजार ५३३ कित्ता सामूहिक लगानी कोषहरूका लागि र ६० हजार ६१३ कित्ता कम्पनीका कर्मचारीहरूका लागि बाँडफाँट गरिसकेको छ ।

सर्वसाधारणमा निष्कासनमा आएको आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म माग गर्न सकिनेछ । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयमार्फत आवेदन पेश गर्न सकिनेछ । साथै मेरो शेयर अनलाइनमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।