काठमाडौं । नेपाल मोबाइल व्यवसायी महासंघको तेस्रो केन्द्रीय महाधिवेशन तथा पाँचौं साधारणसभा भोलिदेखि काठमाडौंमा सुरु हुँदैछ । देशभरका ७ प्रदेश र ७० जिल्लाबाट करिब १५ सय प्रतिनिधि सहभागी हुने महासंघले जनाएको छ।
२७ हजारभन्दा बढी सदस्य रहेको महासंघले यसपटक ५५ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्नेछ । बन्दसत्र जेठ १ गते कौशलटारमा र उद्घाटन सत्र जेठ २ गते राष्ट्रिय सभागृहमा हुने कार्यक्रम छ । व्यवसायीहरूले राज्यका नीतिगत समस्या उठाउँदै अर्थतन्त्र सुदृढीकरणमा सहयोगको अपेक्षा गरेका छन्।

