२०८३ जेठ ११ | १:१७ PM
सुनको मूल्यमा गिरावट प्रतितोला कति ?

सुनको मूल्यमा गिरावट प्रतितोला कति ?

लगानीबक्स २०८३ जेठ १ ११:४५ पूर्वाह्न

काठमाडौँ । आज नेपाली  बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । सुन एकैदिन तोलामा चार हजार रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९८ हजार ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। चाँदी तोलामा ३५५ रुपैयाँले घटेर प्रतितोला पाँच हजार ३९० रुपैयाँमा किनबेच भएको छ ।