शुक्रबार, २३ असोज २०८३ | ४:४८ AM
सुनको मूल्यमा गिरावट: आज तोलामा ४ हजार ५०० रुपैयाँले घट्यो

सुनको मूल्यमा गिरावट: आज तोलामा ४ हजार ५०० रुपैयाँले घट्यो

लगानीबक्स ३ जेठ २०८३ ११:१९ पूर्वाह्न

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ४ हजार ५०० रुपैयाँले घटेर २ लाख ९४ हजार रुपैयाँ कायम भएको छ। यसअघि गत शुक्रबार सुन बजारमा प्रतितोला २ लाख ९८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

सुनसँगै बहुमूल्य धातु चाँदीको मूल्य पनि आज उल्लेख्य रूपमा ओरालो लागेको छ। चाँदीको मूल्य तोलामा ३३० रुपैयाँले घटेर ५ हजार ६० रुपैयाँमा झरेको छ।

गत शुक्रबार चाँदी प्रतितोला ५ हजार ३९० रुपैयाँमा खरिदबिक्री भएको महासंघले जनाएको छ।