२०८३ जेठ ११ | १२:२८ PM
भुजुङ्ग हाइड्रोपावरको साधारण सभा जेठ २७ गते 

भुजुङ्ग हाइड्रोपावरको साधारण सभा जेठ २७ गते 

लगानीबक्स २०८३ जेठ ४ १:०६ अपराह्न

काठमाडौं । भुजुङ्ग हाइड्रोपावर लिमिटेडको चौथो वार्षिक साधारण सभा जेठ २७ गते हुने भएको छ । जेठ ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आम्रपाली बैंक्वेट, बालुवाटार, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०८१/८२ को वार्षिक प्रतिवेद सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । संस्थापक तर्फबाट पाँच र सर्वसाधारणतर्फबाट एक जना सञ्चालक निर्वाचनको कार्यक्रम पनि सभाका लागि तय भएको छ ।

साथै प्रमुख कार्यकारी अधिकृत र स्वतन्त्र सञ्चालक नियुक्तीको अनुमोदन पनि सभाले गर्नेछ । कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन प्रस्ताव गरेको कम्पनीले यसका लागि सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई प्रदान गर्नेछ । लाभांश भने प्रस्ताव गरिएको छैन्। सभा प्रयोजनका लागि कम्पनीले जेठ १८ गते एक दि बुक क्लोज गर्नेछ ।यसका आधारमा अघिल्लो कारोबार दिन जेठ १४ गते बिहीवारसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।