२०८३ जेठ ११ | १:१७ PM
नाडेप लघुवित्तले यो वर्ष पनि लाभांश नदिने 

नाडेप लघुवित्तले यो वर्ष पनि लाभांश नदिने 

लगानीबक्स २०८३ जेठ ४ १:१७ अपराह्न

काठमाडौं । नाडेप लघुवित्तले यस वर्ष पनि लाभांश वितरण नगर्ने भएको छ । जेठ २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०८१/८२ को लागि कुनै पनि लाभांश वितरण नगर्ने प्रस्ताव गरेको हो । यस कम्पनीले आर्थिक वर्ष ०७७/७८ पछि लाभांश वितरण गर्न सकेको छैन्। गत आर्थिक वर्षको वार्षिक साधारण सभा गर्न बाँकी रहेको कम्पनीले लाभांश प्रस्ताव विनानै वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्न लागेको छ । यसका लागि नेपाल राष्ट्र बैंकसँग स्वीकृति लिने निर्णय पनि कम्पनीले दिएको छ ।

यस कम्पनीले हालसम्म तीन आर्थिक वर्ष लाभांश वितरण गरेको देखिन्छ । त्यसमध्ये आर्थिक वर्ष ०७७/७८ को लागि सर्वाधिक २१ दशमलव शून्य ५३ प्रतिशत लाभांश कम्पनीले वितरण गरेको थियो । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण हेर्दा कम्पनीको विरतणयोग्य नाफा ४ करोड ७४ लाख रुपैयाँभन्दा बढी छ । यस अवधिसम्म कम्पनीले ६ करोड ५१ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म कम्पनीको खुद नाफा ७७ लाख रुपैयाँभन्दा बढी मात्र थियो । वार्षिक प्रतिशेयर आम्दानी १७ रुपैयाँ ८७ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने १६२ रुपैयाँ ८७ पैसा छ ।