२०८३ जेठ ११ | ११:४४ AM
वीरगञ्जबाट पक्राउ परे मेडिकल व्यवसायी दुर्गा प्रसाईं

वीरगञ्जबाट पक्राउ परे मेडिकल व्यवसायी दुर्गा प्रसाईं

लगानीबक्स २०८३ जेठ ४ ९:५६ अपराह्न

काठमाडौं । दुर्गा प्रसाईं पक्राउ परेका छन् । प्रहरी स्रोतका अनुसार उनलाई वीरगञ्जस्थित एक होटलबाट नियन्त्रणमा लिइएको हो ।

प्रहरीले प्रसाईंलाई वीरगञ्जको दियोलो होटलबाट पक्राउ गरेको जनाएको छ । उनीमाथि कुन कसुरमा कारबाही गरिएको हो भन्नेबारे भने आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन । प्रहरी स्रोतले ‘माथिको आदेश’ अनुसार उनलाई पक्राउ गरिएको जनाएको छ ।

राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल का संयोजक समेत रहेका प्रसाईं सोमबार सिमरा विमानस्थल हुँदै वीरगञ्ज पुगेका थिए । उनी मंगलबार आयोजना हुने कार्यक्रमलाई सम्बोधन गर्न त्यहाँ पुगेका थिए ।

वीरगञ्ज पुग्ने क्रममा उनले सिमरा विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै वर्तमान सरकार र राष्ट्रिय स्वतन्त्र पार्टी का सांसदहरूमाथि आलोचनात्मक टिप्पणी गरेका थिए ।