२०८३ जेठ ११ | ४:०९ PM
भदौ २३–२४ घटनाका दोषीलाई कारबाही गर्न कांग्रेस सांसद खड्काको माग

भदौ २३–२४ घटनाका दोषीलाई कारबाही गर्न कांग्रेस सांसद खड्काको माग

लगानीबक्स २०८३ जेठ ५ २:५९ अपराह्न

काठमाडौं । नेपाली कांग्रेसका सांसद विष्णुबहादुर खड्का ले भदौ २३ र २४ गते भएको घटनाका दोषीमाथि कारबाही गर्न माग गरेका छन् ।

प्रतिनिधिसभा बैठकमा बोल्दै उनले जेनजी आन्दोलन सत्ताको औजार नभई परिवर्तनको आवाज भएको बताए ।आन्दोलनका क्रममा भएको ज्यादती, विध्वंस र अराजकतालाई दण्डहीनता दिन नहुने उनको भनाइ थियो ।

खड्काले घटनाको छानबिनका लागि बनेको कार्की आयोगको प्रतिवेदन अझै सार्वजनिक नभएको भन्दै आपत्ति जनाए । साथै राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य लिली थापाको नेतृत्वमा तयार भएको अनुसन्धान प्रतिवेदन किन सार्वजनिक नगरिएको भन्दै प्रश्न उठाए ।