२०८३ जेठ ११ | १:१४ PM
नेशनल लघुवित्तको खुद मुनाफा बढ्यो

नेशनल लघुवित्तको खुद मुनाफा बढ्यो

लगानीबक्स २०८३ जेठ ५ १०:१४ अपराह्न

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्थाको खुद मुनाफा बढेको छ । संंस्थाले चालु आर्थिक बर्षको तेस्रो त्रैमासिक अवधिमा ५८ करोड ८६ लाख ६० हजार रुपैंयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा ३६ करोड २५ लाख ३५ हजार रुपैंयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी एक अर्ब ५२ करोड १३ लाख ६३ हजार रुपैंयाँ रहेको संस्थाले चालु आवको तेस्रो त्रैमासमा सात अर्ब ३४ करोड ८७ लाख ९४ हजार रुपैंयाँ निक्षेप संकलन गरी २६ अर्ब ८८ करोड ७६ लाख ९८ हजार रुपैंयाँ कर्जा प्रवाह गरेको छ ।