काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्थाको खुद नाफा खुम्चिएको छ । संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक करोड ६३ लाख ८० हजार दुई सय ४० रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा एक करोड रुपैयाँले कम हो । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा दुई करोड ३६ लाख ९९ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ रहेको संस्थाले चालु आवको तेस्रो त्रैमासमा ९२ करोड ४० लाख ३९ हजार रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब ८० करोड ८२ लाख एक हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १२ करोड ६९ लाख ७९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा १० दशमलव ४२ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा संस्थाले ८४ करोड ६९ लाख दुई हजार रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब ६९ करोड ९३ लाख ९९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १० करोड ६६ लाख सात हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा नौ दशमलव ५८ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।

