काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा चार करोड ३८ लाख ३३ हजार एक सय चार रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा पाँच करोड ७९ लाख साता सय ६४ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी एक अर्ब ३९ करोड ७७ लाख ६४ हजार दुई सय ७२ रुपैयाँ रहेको संस्थाले चालु आवको तेस्रो त्रैमासमा सात अर्ब ५० करोड ६३ लाख ३३ हजार छ सय ९५ रुपैयाँ निक्षेप संकलन गरी १९ अर्ब १७ करोड ५० लाख ४६ हजार आठ सय १८ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ८९ करोड ८२ लाख ९८ हजार पाँच सय ७० रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा २४ दशमलव ४९ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा संस्थाले छ अर्ब ४५ करोड ९९ लाख एक हजार सात सय ८३ रुपैयाँ निक्षेप संकलन गरी १९ अर्ब ५१ करोड ४६ लाख ८५ हजार नौ सय ८० रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक अर्ब एक करोड ७४ लाख १९ हजार नौ सय ३९ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा १४ दशमलव ८१ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।

