२०८३ जेठ ११ | ११:४५ AM
हिमालयन पावर पार्टनरको ५० प्रतिशत हकप्रद शेयर खरीद गर्ने आज…

हिमालयन पावर पार्टनरको ५० प्रतिशत हकप्रद शेयर खरीद गर्ने आज अन्तिम दिन

लगानीबक्स २०८३ जेठ ६ १२:१८ अपराह्न

काठमाडौं । हिमालयन पावर पार्टनर लिमिटेडले बैशाख १७ गतेदेखि निष्कासन गरेको हकप्रद शेयर खरीद गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको आधारमा ५० प्रतिशत हकप्रद शेयर निष्कासन गरको हो ।

हाल कम्पनीको चुक्तापुँजी १ अर्ब ६ करो ५४ लाख १७ हजार रुपैयाँ छ । सोही पूँजीको आधारमा कम्पनीले ५३ लाख २७ हजार ८५ कित्ता हकप्रद शेयर निष्कासन गरेको हो । यो हकप्रद शेयर निष्कासन प्रयोजनका लागि कम्पनीले चैत १० गते एक दिन बुकक्लोज गरेको छ । बुक क्लोजको अधारमा चैत ९ गतेसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको हकप्रद शेयर खरीदका लागि आवेदन पेश गर्न सक्नेछन् ।

कम्पनीको हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै ग्लोबल आइएमई बैंकको बेशीशहर, दोर्दी, भोटेओडार र उदिपुर लमजुङ्ग शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयसँगै मेरो शेयर अनलाईनमार्फत पनि आवेदन पेश गर्न सकिने व्यवस्था छ ।

हकप्रद शेयर निष्कासन प्रयोजनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। ५० प्रतिशत हकप्रद निष्कासन तथा बाँडफाँटपश्चात् कम्पनीको चुक्ता पूँजी १ अर्ब ५९ करोड ८१ लाख २५ हजार ५०० रुपैयाँ कायम हुनेछ । कम्पनीले हकप्रदबाट संकलित रकम विभिन्न बैंकहरुबाट लिएका कर्जा भुक्तानीका लागि प्रयोग गर्ने बताएको छ ।