काठमाडौं । लक्ष्मी सन्राइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एलएस होराइजन १२ को इकाई आजसम्म मात्र निष्कासनमा रहने भएको छ । जेठ ५ गतेसम्म मागबमोजिम आवेदन नपरेपछि जेठ १३ गतेसम्मको निष्कासन मिति तय गरेको योजना व्यवस्थापकले जेठ ६ गतेसम्म मात्र निष्कासन गर्न लागिएको बताएको हो ।
यस योजनाको १० करोड २० लाख इकाई वैशाख ३० गतेदेखि निष्कासन गरेको हो । यस योजनाका लागि कुल १२ करोड इकाई विक्री गर्न योजना व्यवस्थापकले अनुमति पाएको हो । कुल कित्ता इकाईमध्ये १ करोड ८० लाख इकाई भने कोष प्रबद्र्धक लक्ष्मी सन्राइज बैंक लिमिटेडलाई सुरक्षित गरिएको हो । प्रति इकाई १० रुपैयाँ अंकित मूल्यमा निष्कासन हुने यी इकाई खरीदका लागि १०० इकाईदेखि अधिकतम १ करोड २० लाख इकाईसम्म माग गर्न सकिनेछ। यो योजना १२ वर्षे अवधिको बन्दमुखी प्रकृतिको हो ।

