२०८३ जेठ ११ | ११:४५ AM
सानिमा जिआईसीको साधारणसभा आज 

सानिमा जिआईसीको साधारणसभा आज 

लगानीबक्स २०८३ जेठ ६ १२:४६ अपराह्न

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको आठौं वार्षिक साधारणसभा आज जेठ ६ गते बुधबार काठमाडौंको नेपाल पुलिस क्लब, प्रदर्शनीमार्गमा बस्दैछ। कम्पनीको वैशाख १० गते बसेको १८२औं सञ्चालक समिति बैठकको निर्णयअनुसार सभा बिहान ११ बजे सुरु हुने भएको हो।

सभामा हाल कायम चुक्ता पूँजी २ अर्ब १५ करोड रुपैयाँको आधारमा ५ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गरिनेछ। प्रस्तावअनुसार कम्पनीले १० करोड ७५ लाख रुपैयाँ बराबरको बोनस शेयर र ५६ लाख ५७ हजार ८९५ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ।

यस्तै, अध्यक्षद्वारा प्रस्तुत वार्षिक प्रतिवेदनमाथि छलफल तथा पारित गरिनुका साथै आर्थिक वर्ष २०८१/०८२ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा,नोक्सान हिसाब, नगद प्रवाह विवरण र सम्बन्धित अनुसूचीहरू अनुमोदन गरिने कार्यसूची रहेको छ।

त्यसैगरी, कम्पनी ऐन २०६३ को दफा १११ बमोजिम चालु आर्थिक वर्ष २०८२/०८३ का लागि बाह्य लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ।

कम्पनीले यसअघि पारित गरेको १७ प्रतिशत हकप्रद शेयरसम्बन्धी व्यवस्था तथा त्यसबाट कायम हुने चुक्ता पूँजी पुनरावलोकन गर्ने तयारी गरेको छ। बोनस शेयर जारीपश्चात संशोधित प्रबन्धपत्र तथा नियमावलीमा नियामक निकायबाट आवश्यक निर्देशन आए सोहीअनुसार संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभामा लैजानेछ।

साधारणसभा प्रयोजनका लागि कम्पनीले वैशाख २३ गते  किताब बन्द  गरिसकेको छ। त्यसअनुसार वैशाख २२ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले मात्रै सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न सक्नेछन्।