२०८३ जेठ ११ | १२:२८ PM
नेपाल धितोपत्र बोर्डको सम्भावित अध्यक्षको चार जनाको नाम छनौट

नेपाल धितोपत्र बोर्डको सम्भावित अध्यक्षको चार जनाको नाम छनौट

लगानीबक्स २०८३ जेठ ६ ९:१६ अपराह्न

लकाठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन)को सम्भावित अध्यक्ष पदको लागि चार जनाको नाम सार्वजनिक भएको छ । अध्यक्ष नियुक्तिका लागि गठित छनौट सिफारि समितिले चार जनाको संक्षिप्त सूची सार्वजनिक गरेको हो । अर्थ मन्त्रालय सिंहदरबारस्थित समितिले मंगलबार सूचना जारी गर्दै अध्यक्ष नियुक्तिका लागि आवेदन दिएका ४७ जनामध्ये चार जनालाई छनौट गरिएको जानकारी दिएको छ ।

धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ७ को उपदफा (३) बमोजिम गठित समितिले मिति २०८३ वैशाख १५ गते इच्छुक व्यक्तिहरूसँग व्यक्तिगत विवरण माग गरेको थियो । तोकिएको समयभित्र प्राप्त आवेदनका आधारमा संक्षिप्त सूची तयार गरिएको समितिको भनाइ छ । समितिका अनुसार सार्वजनिक गरिएको सूचीमा डा. नवराज अधिकारी, विनयदेव आचार्य, मुकुन्द कुमार क्षेत्री र डा. गोपाल प्रसाद भट्ट परेका छन् । समितिका अनुसार संक्षिप्त सूचीमा परेका उम्मेदवारहरूसँग २०८३ जेठ ८ गते अर्थ मन्त्रालय, सिंहदरबार काठमाडौंमा छलफल गरिनेछ । डा. नवराज अधिकारीसँग दिउँसो १ बजे, विनयदेव आचार्यसँग १ः३० बजे, मुकुन्द कुमार क्षेत्रीसँग २ बजे तथा डा. गोपाल प्रसाद भट्टसँग २ः३० बजे छलफलको समय तय गरिएको छ ।

नेपाल धितोपत्र बोर्डको नेतृत्व चयन प्रक्रियालाई पारदर्शी र प्रतिस्पर्धात्मक बनाउन समितिले संक्षिप्त सूची सार्वजनिक गर्दै छलफल प्रक्रिया अघि बढाएको जानकारी पनि समितिले दिएको छ ।