काठमाडौं । नेपाली बजारमा बिहीबार सुन र चाँदी दुवैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन प्रतितोला १ हजार ८ सय रुपैयाँले बढेर २ लाख ९३ हजार ८ सय रुपैयाँ पुगेको छ ।
यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ९० रुपैयाँले बढ्दै ५ हजार ५० रुपैयाँ कायम भएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारको प्रभावका कारण स्थानीय बजारमा मूल्य बढेको जनाएको छ ।

