२०८३ जेठ ११ | १२:२८ PM
अधिक तरलता नियन्त्रण गर्न राष्ट्र बैंकद्वारा ३० अर्ब रुपैयाँ पुनः…

अधिक तरलता नियन्त्रण गर्न राष्ट्र बैंकद्वारा ३० अर्ब रुपैयाँ पुनः खिचियो

लगानीबक्स २०८३ जेठ ७ १:११ अपराह्न

काठमाडौं। तरलता नियन्त्रणका लागि बुधबार मौद्रिक उपकरण बिक्री गरेर उक्त परिमाणमा रकम खिचिएको हो । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ खिचेको छ ।

परिपक्व हुुने अवधि ९१ दिन तोकिएको यो उपकरणको साँवाब्याज भुक्तानी आगामी भदौ तीन गते गरिनेछ । राष्ट्र बैंकका अनुसार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूमा यो उपकरण बिक्री गरिएको हो ।

खरिदकर्ताहरूले घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुुल आह्वान रकमसम्मको निक्षेप उपकरण खरिद गर्नसक्ने सीमा तोकिएको थियो ।