२०८३ जेठ ११ | १२:२८ PM
शेयरबजार परिसुचक नेप्सेमा गिरावट

शेयरबजार परिसुचक नेप्सेमा गिरावट

लगानीबक्स २०८३ जेठ ७ ४:५५ अपराह्न

काठमाडौं । बिहीबार सेयर बजार परिसूचक नेप्से घटेर बन्द भएको छ । अघिल्लो दिन सामान्य सुधार देखिएको बजारमा बिहीबार नेप्से परिसूचक १२ दशमलव ३६ अंक घटेर २७४२ दशमलव ११ विन्दुमा झरेको छ ।
परिसूचक घटे पनि कारोबार रकम भने सामान्य बढेको छ । बुधबार ३ अर्ब ८२ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा बिहीबार ३ अर्ब ८९ करोड ८४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । ३४८ कम्पनीका ८९ लाख ५५ हजार कित्ता सेयर ४४ हजार ७४४ पटक कारोबार भएका हुन्।
आज अधिकांश उपसमूह दबाबमा रहे । कारोबारमा आएका १३ उपसमूहमध्ये म्युचुअल फन्ड उपसमूह मात्रै सामान्य बढ्यो भने व्यापार उपसमूह स्थिर रह्यो ।

होटल तथा पर्यटन उपसमूहमा सर्वाधिक ६८ दशमलव ३३ अंकको गिरावट आएको छ । प्रभु बैंकको डिवेञ्चरमा लगानीकर्ता, बुङगल हाइड्रो तथा लक्ष्मी बैंकको डिवेञ्चरमा लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् ।

सबैभन्दा बढी गुमाउनेमा भने अपर लोहोरे खोला हाइड्रोपावर कम्पनी, झापा इनर्जी तथा माउण्टेन हाइड्रो नेपालका सेयरधनी रहेका छन् ।