२०८३ जेठ ११ | ११:४४ AM
नेपाल बैंक र डालिया होटेलबीच सम्झौता

नेपाल बैंक र डालिया होटेलबीच सम्झौता

लगानीबक्स २०८३ जेठ ८ ३:०२ अपराह्न

काठमाडौं । नेपाल बैंक र डालिया होटलबीच सम्झौता भएको छ । बैंकमा खाता रहेका ग्राहकहरू र बैंकमा कार्यरत कर्मचारीहरूलाई पोखरा, ०६ लेकसाइडमा रहेको डालिया होटेल प्रालिले प्रदान गर्ने सेवामा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो ।

सो सम्झौताबमोजिम नेपाल बैंकमा खाता रहेका ग्राहकहरू र बैंकमा कार्यरत कर्मचारीहरूलाई होटेलद्वारा तोकिएको विभिन्न सेवामा लाग्ने शुल्कहरूमा बिल रकमको १० देखि ३५ प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको छ । सम्झौता पत्रमा बैकको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख निर्मल सुवेदी र डालिया होटेल प्रालिको तर्फबाट निर्देशक सीता रायमाझीले हस्ताक्षर गरेकी छन् ।

नेपालभर दुई सय ३१ वटा शाखाहरू, दुई सय ४६ एटीएम साथै ६१ एक्सटेन्सन काउन्टरमार्फत करिब २७ लाख ग्राहकहरूलाई वित्तीय सेवा पुर्याइरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधिमार्फत बैंकिङ सेवा पुर्याई प्रतिस्पर्धी रूपमा अगाडि बढिरहेको छ । बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा जोड दिई युवा जनशक्तिमार्फत नेपालभर बैंकिङ सेवा प्रदान गरिरहेको छ । दक्ष व्यवस्थापन, युवा कर्मचारी र आधुनिक प्रविधिको समुचित प्रयोग भएसंगै आम नेपालीमा नेपालको पहिलो बैंक नेपाल बैंकप्रतिको आकर्षण दिन प्रतिदिन बढ्दै गएको छ ।