२०८३ जेठ ११ | ११:४४ AM
सुनचाँदीको मूल्यमा गिरावट

सुनचाँदीको मूल्यमा गिरावट

लगानीबक्स २०८३ जेठ १० ११:१० पूर्वाह्न

काठमाडौं ।आज  नेपाली बजारमा आइतबार सुन तथा चाँदीको मूल्यमा उल्लेखनीय गिरावट आएको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार ८०० रुपैयाँले घटेको हो ।

महासंघले सार्वजनिक गरेको विवरणअनुसार छापावाल सुन प्रतितोला २ लाख ९० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार ७०० रुपैयाँ कायम भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य पनि घटेको छ । आइतबार चाँदी प्रतितोला ५ हजार १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला ५ हजार ११० रुपैयाँ रहेको थियो । बजारमा देखिएको मूल्य उतारचढावको प्रभाव नेपाली बजारमा समेत परेको व्यवसायीहरूले बताएका छन