२०८३ जेठ ११ | १०:४९ AM
सिन्धु विकास बैंकको सीईओमा गणेश कुमार केसी नियुक्त

सिन्धु विकास बैंकको सीईओमा गणेश कुमार केसी नियुक्त

लगानीबक्स २०८३ जेठ ११ १०:४८ पूर्वाह्न

काठमाडौँ । सिन्धु विकास बैंक लिमिटेड को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा चार्टर्ड एकाउन्टेन्ट गणेश कुमार केसी नियुक्त भएका छन् ।

बैंक सञ्चालक समितिको जेठ १० गते बसेको बैठकले केसीलाई आगामी चार वर्षका लागि सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । यो नियुक्ति जेठ ११ गतेदेखि लागू भइसकेको बैंकले जनाएको छ । यसअघि उनी सोही बैंकमा डेपुटी सीईओका रूपमा कार्यरत थिए ।

केसीसँग बैंक तथा वित्तीय क्षेत्रमा २२ वर्षभन्दा बढी अनुभव छ । उनले यसअघि मालिका विकास बैंक को प्रमुख कार्यकारी अधिकृत तथा कुमारी बैंक लिमिटेड को आन्तरिक लेखापरीक्षण विभागमा विभागीय प्रमुखका रूपमा काम गरिसकेका छन् ।

बैंकले केसीको प्रशासनिक तथा वित्तीय नेतृत्वले संस्थाको व्यावसायिक यात्रालाई थप उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरेको छ।