२०८३ जेठ ११ | ११:५५ AM
सरकारले नाकामा कडाई गरे पनि भारतीय समेत असुन्तुष्टि  

सरकारले नाकामा कडाई गरे पनि भारतीय समेत असुन्तुष्टि  

नेपालमे घण्टीले जित्कर बोहुत बुरा हुवा, नेपाली आदमी बाेहुत बुरे हे

लिजा क्षेत्री २०८३ जेठ ११ ११:४५ पूर्वाह्न

नेपालगन्ज । रुपैडिया नाकाका भारतीय सरकारको पछिल्लो कदमलाई लिएर सन्तुष्ट छैनन् । सरकारले एक सय  भन्दा माथिको सामन भारतबाट ल्याउदा कर लगाउने नीति ल्याए सँगै नेपालीहरु भारतीय बजारमा जान छाडेसँगै दुवै पक्षलाई समस्या भएको छ ।

भारतीय रिक्सा चालक सफिक खान  ४0 बर्ष ( नाम परिवर्तन) ले सरकारको उक्त नीतिका कारण भारतीय बजार सुनसान हुँदा आफनो कमाई घटेको बताए । उनले भारतीय  र नेपाली  दुवै सर्वसाधारण नेपाल र भारत दुवै बजारमा जाने गरेकोमा सरकारको कारण दुवै नागरिकहरु आ आफनो बजारमा निर्भर भएको बताए ।

नेपालमा अहिले राष्ट्रिय स्वतन्त्र पार्टी अर्थात् घण्टीले जितेर राम्रो गरेन नेपालको मान्छे राम्रो हुन्न । नेपालमे घण्टीले जित्कर बोहुत बुरा हुवा, नेपाली आदमी बाेहुत बुरे हे , भारतीय बजारमा नेपाली आउनको लागि रोके सँगै आफनो आम्दानी घटेको छ, उनले भने ,  हामी रिक्सा चलाउनेका हालत बुरा हो गए । अन्य व्यापारीहरुको हालत भी  बुरा हो गए हे हाम लगता हे ।

नेपाल सरकारले नाकामा धेरै कडा गरेको कारण मान्छे आउने जाने कम थिए रुपैडियाको पसलमा ब्यापार थिएन । रुपैडियाको बजार सुन्नेमा झरेको छ । यदि नेपाली नै जान बन्द भए सीमापारीका भारतीय व्यपार डुब्ने खतरा रहेको भारतीय व्यपारीहरु बताउछन् ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीले  रुपैडियाको नाकामा अहिले  कडाई गरेको  छ । प्रहरीले भारतीय पसलबाट धेरै मुल्यको सामान ल्याउदाँ कर लिइरहेको कारण ज्यादै न्यून सामान मात्र ल्याएको देखिन्छ । नेपाल सरकारले नाकामा  कडाइ  गरे पछि बाके , नेपालगन्जका ब्यापारीहरु  खुशी देखिएका छन् । यसरी नै भन्सार मा कडाइ  गर्ने हो भने नेपाली व्यापारीहरुको व्यापारमा बढ्न उनीहरु बताउछन् । यसले नेपालको अर्थतन्त्रमा समेत सुधार आउने नेपाली व्यापारीहरु बताउछन् ।